३२ श्रावण २०७८, सोमबार

काठमाडौँ । सरकारले प्रदेश नम्बर २ मा पनि प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । यसबारे आजको मन्त्रिपरिषद बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त गरेर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । केपी ओली नेतृत्वको सरकारले गत फागुन ७ मा अहिराज (झा) लाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

महोत्तरीका मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद समेत हुन् । उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए । सरकार फेरबदल भएसँगै प्रदेश प्रमुखको पद पनि फेरिँदै गएको छ । शेर बहादुर देउवा प्रधानमन्त्री भएयता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा प्रमुख फेरिइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV