३२ श्रावण २०७८, सोमबार

एजेन्सी । स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसाइडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सहज जित दिलाउनको लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट गरे । जेरार्ड पिके र सर्जी रोबर्टो एक/एक गोल थपे । सोसाइडका लागि लोबेटे र मिकेल ओयाराज्बालले एक/एक गोल गरे ।

खेलको १९ औं मिनेटमा मेम्फिस डिपाएको फ्रिकिकमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले फ्रेन्की डे जोङको पासलाई गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।

८२ औं मिनेटमा लोबेटेले गोल गर्दै सोसाइडलाई ३-१ को अवस्थामा ल्याए । त्यसको तीन मिनेटपछि नै मिकेल ओयाराज्बालले गोल गर्दै बार्सिलोनालाई दबाबमा राखे ।

इन्जुरी समयको दोस्रो मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । उनले मार्टिन ब्रेथवेटको पासमा सहज गोल गरेका थिए । यस जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV