३१ श्रावण २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । मोरङको बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा भएको ग्याङ फाइटमा हत्या भएको घटनाका मुख्य अभियुक्त भनिएका कष्ण चौधरीलाई मोरङ प्रहरीले ११ महिनापछि पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले ग्रामथान–२ का केके भन्ने ३१ वर्ष कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त हुन् ।
दुहबीमा बस्दै आएका चौधरीलाई प्रहरीले सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीदेखि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसी दपक श्रेष्ठले जानकारी दिए । घटना घटाएपछि चौधरी लामो समयदेखि फरार थिए ।

पक्राउ परेका चौधरीलाई मोरङ अदालतमा पठाएको र अदालतमा चौधरीको बयान सकिएपछि थुनछेक बहस हुने मोरङ प्रहरीले जनाएको छ । बहस सकिएपछि अदालतले आदेश गर्नेछ ।

गत वर्षको भदौ १२ गते भएको ग्याङ फाइटमा खुकुरी प्रहार गरि घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो । प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा यसअघि ६ जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले यसअघि बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राईलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV