३१ श्रावण २०७८, आईतवार

एजेन्सी । अफगानिस्तानमा तालिवानले काबुललाई चारैतिरबाट घेरेको बताएको छ।

तालिवानले अफगानिस्तानका सबै प्रमुख शहरहरुको नियन्त्रण लिएपछि आज बिहान काबुलमा घेरा हालेर बस्न थालेका छन्। तालिवानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई भने फर्किन दिने बताएको छ ।

विज्ञप्तिमार्फत तालिवानले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिवानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् ।

तालिवानले जितको खुसीयालीमा आफ्ना लडाकुहरुलाई गोलीबारी गर्न नदिने बताएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिवानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने जनाइएको छ ।

पछिल्लो १० दिनमा तालिवानले काबुलबाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV