३१ श्रावण २०७८, आईतवार

काठमाडौं । केटीएम सीटीले ‘एन्फा शो रुम’ संचालन गरेको छ । राष्ट्रिय फुटबल टिमको आधिकारिक खेल सामग्री विक्री बितरण गर्नका लागि ‘शो रुम’ संचलनमा ल्याएको बताइएको छ ।

आईतबार एक कार्यक्रमकाबीच दरबारमार्गमा रहेको केटीएम सिटीको दोस्रो तल्लामा एन्फा शो रुम सञ्चालनमा ल्याएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार शो रुमको उद्घाटन गर्नुभएको छ ।

उक्त शो रुम मार्फत नेपाली राष्ट्रिय टिमको जर्सी, खेल सामग्री लगायतका सामग्रीहरु सुपथ मूल्यमा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV