३१ श्रावण २०७८, आईतवार

काठमाडौं । ‘हेर्ने हो र देखाइदिम’ बोलको गीत तीन दिन अगाडि युट्युवमा सार्वनिक भइसकेको छ । गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाले अभिनय गरेका छन्।

यो गीतलाई गायक यज्ञ वीक र गायिका शान्तीश्री परियारले स्वर दिएका छन्। गीतको शब्द भने दुई अर्थी दिने खालको छ । गायिकाले ‘हेर्ने हो र देखाइदिम’ भन्दै गर्दा गायकले ‘के’ भनेर प्रश्न सोधेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक–गायिकाहरुलाई द्धिअर्थी शब्द प्रयोग गरेर गीत नगाउन आग्रह गर्दै आएको छ । गीतको शब्द अनुसार प्रतिष्ठान आग्रहलाई वेवास्ता गरेको देखिन्छ ।

राजु सुनामको शब्द तथा संगीत रहेको गीतमा मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा नवराज उप्रेतीले छायांकन गरेका हुन् भने प्रविण भट्टले सम्पादन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV