३१ श्रावण २०७८, आईतवार

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाउनु भएको छ । तालीवानी लडाकुहरुले राजधानी कावुलमा प्रवेश गर्न थालेपछि उहाँले आपतकालीन बैठक बोलाउनु भएको हो ।

मुलुकको सुरक्षा अवस्थालाई मजबुद बनाउने उदेश्यले आपतकालीन बैठक बोलाउनु भएको हो । उहाँले यतिबेला नेटोका अधिकारीहरुसँग वार्ता गरिरहनु भएको छ ।

शनिबार राष्ट्रपतिले एक भिडियो सन्देश जारी गर्दै अफगानिस्तान गम्भीर संकटमा परेको बताउनु भएको थियो । धेरैजसो शहरहरु कब्जा गरेको तालिवानीहरुले आईतबार बिहानबाटै राजधानी कावुलमा पनि प्रवेश गर्न थालेपछि अफगानस्तान झनै सुरक्षा संकटामा परेको छ ।

पछिल्लो समय अफगानिस्तानका अधिकारीहरु तालिवानीहरुसँग आत्मसमर्पणको स्थितिमा पुगिसकेका बताइएको छ । यतिबेला तालिवानीहरुले कब्जा गरेका धेरैजसो इलाकाहरुमा आफ्नो झण्डा फहराइरहेको त्यहाँको समाचार माध्यमहरुले बताएका छन् । कुनै कुनै स्थानमा भने गोली हानाहान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV