३१ श्रावण २०७८, आईतवार

एजेन्सी । अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल पनि छिर्न सुरु गर्न थालेका विवरणहरु आउन सुरु गरेको खबर आएको छ ।

लडाकुहरू राजधानीको सबैतिरबाट छिर्न थालेका समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएको छ । रोएटर्सका अनुसार तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कुन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ ।आइतवार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए।

काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले ठूला प्रतिरोधको सामना गरिरहनु नपरेको जनाइएको छ । तर अफगान राष्ट्रपतिको कार्यालयले भने स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ।

राष्ट्रपतिको कार्यालयले ट्विटरमा लेखेको छः ‘काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV