३१ श्रावण २०७८, आईतवार

काठमाडौं । श्रमिकको सामाजिक सुरक्षा लागू गर्नुपर्ने माग राख्दै नेपाल ट्रेकिङ–ट्राभल्स–-याफ्टिङ–एयरलाइन्स सांस्कृतिक–पुरातात्विक–कार्गो कुरियर श्रमिक युनियनले बिरोध प्रदर्शन गरेको छ ।

आफूहरुले पटक–पटक सुरक्षा ऐन लागू गर्न माग गरेपनि पूरा नभएको भन्दै युनियनले बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण अन्तर्गतको सिभिल इन्जिनियरिङ शाखा परिसरमा विरोध प्रदर्शन गरेको हो ।

त्यस्तै उनीहरुले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरेको अरोप पनि लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले सामाजिक सुरक्षा लागू गर, ठेकेदारी प्रथा अन्त्य गर लगाएका नारा लगाएका थिए ।

युनियनका अध्यक्ष सुमन पराजुलीले सरकारले घोषणा गरेको सामाजिक सुरक्षा लागू नगर्नेको बैंक खाता रोक्नुपर्ने र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दा कुनै सुनुवाई नभएको तथा सामाजिक सुरक्षा लागू नगर्ने आउट सोर्सिङ कम्पनीलाई समेत संरक्षण गरिएपछि आन्दोलित हुनुपरेको बताए ।..

अहिलको बिरोध सांकेतिक मात्रै भएको भन्दै उनले यस विषयमा सोमबार अख्तियारमा उजुरी दर्ता गराउने र नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घेराउ गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV