३१ श्रावण २०७८, आईतवार

एजेन्सी । तालिबान लडाकुहरूले अफगानिस्तानको सबै प्रमुख सहरहरू नियन्त्रणमा लिइसकेका छन् ।

लडाकुहरूले पूरै देशलाई पुनः आफ्नो नियन्त्रणमा लिने अवस्थामा पुगेका जनाइएको छ । अहिले राजधानी काबुलबाहेक अन्य सबै प्रमुख सहरहरूमा उनीहरूको वर्चस्व कायम भइसकेको छ बीबीसीले जनाएको छ।

लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नै आइतवार बिहानै आफ्नो नियन्त्रणमा लिएका छन्। अब भने सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको जनाइएको छ।

संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV