३१ श्रावण २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले केन्द्रीय कमिटी बैठमा ४ विषयमा जोड दिनु भएको छ ।

केन्द्रीय अनुशासन समिति संयोजक समेत रहनुभएका आङ्देम्बेले अनुशासन समितिको नेतृत्वका साथै नेपालसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय सवालका बिषयमा चासो देखाउनु भएको हो।

शनिबारको केन्द्रीय कमिटी बैठकमा उहाँले काँग्रेस केन्द्रीय अनुशासन समितिलाई अझ सशक्त र अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै संयोजक मनोनीत गर्नुभन्दा पनि महाधिवेशनबाटै निर्वाचित भएर आउने बन्दोवस्ति गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तैगरी  भूतपूर्व बेलायती सैनिकहरुले उठाएका मुद्दा र अनसनका सम्बन्धमा पनि ध्यान केन्द्रीत गर्न पार्टी नेतृत्वलाईं सुझाव दिनु भएको थियो ।

अफगानिस्तानमा रहेका नेपाली नागरिकको जीवन सुरक्षामा ध्यान दिनुपर्ने पनि उहाँको माग छ । साथै (ईपीएस)को परीक्षा पास गरेर कोरिया जान नपाएका र छुटिमा आएर कोरिया फर्कन नपाएकाहरुको भविष्य सुरक्षित गर्न पनि  संयोजक आङ्देम्बेको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV