३१ श्रावण २०७८, आईतवार

वीरगन्ज ।  वीरगन्जमा पोष्ट कोभिडको कारण १ महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीकी ६५ वर्षीया महिला रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएर निको भएकी महिलालाई एक्कासि स्वासप्रस्वासम समस्या भएपछि शुक्रबार दिउँसो २ बजेअस्पताल भर्ना गरिएको थियो ।

उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अवस्थामा मृत्यु भएको कोभिड संयोजक डा. सिंहले बताउनुभयो ।

हालसम्म कोरोनाका कारण वीरगन्मा मात्रै ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV