३० श्रावण २०७८, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरिएको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु हुन लागेको केन्द्रीय कमिटीकोे बैठक अघि नेताहरुको एन्टिजेन परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएका सदस्यहरुलाई बैठकमा सहभागी गराइएको माओवादीले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा ठाँउको अभाव भएपछि माओवादीले अनुपम फुडल्याण्डमा बैठक आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV