३० श्रावण २०७८, शनिबार

एजेन्सी । भारतमा कोरोना महामारीमा आमाबाबु गुमाएकी किशोरीले उत्कृष्ट नतिजा ल्याएकी छिन्।

भारतको मध्यप्रदेशको भोपाल निवासी १६ वर्षीया वनिशा पाठकले सीबीएसईको परीक्षामा ९९.८ प्रतिशत अङ्क ल्याएर अग्रस्थान बनाएकी हुन्।

उनले आफ्ना बाबुआमाको सपना साकार पार्न जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न आफू तयार रहेको बताएकी छिन्। उनका १० वर्षीयको भाइ पनि छन्।

वनिशा आफ्नो भाइको लागि संघर्ष गर्न तयार छिन् । उनको सफलतामा नेता र शिक्षकहरु खुसी भएको बताउदै आफ्नो आमा बुवाको कमि रहयो जुन कहिले पनि पूरा नहुने पीडा व्यक्त गरेकी भिडियो बीबीसीमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV