३० श्रावण २०७८, शनिबार

काठमाडौँ । नेपालविरुद्ध भारतले खेल्न लागेको मैत्रीपूर्ण फुटबल खेलका लागि भारतीय फुटबल टोलीका कप्तान नआउने भएका छन् । कप्तान सुनिल क्षेत्रीलाई आसन्न साफ च्याम्प्यिनसिप र एसिया कप छनोट चरणको खेलाका लागि तयारी गर्न भनी भारतले आराम दिएको छ ।

आउँदो सेप्टेम्बर २ र ५ तारिखमा काठमाडौँस्थित दशरथ रंगशालामा भारले नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । तर उक्त खेलका भारतले घोषणा गरेको टिममा कप्तान सुनिललाई पने समावेश नगरी आराममा राखिएको बताइएको छ । नेपाल विरुद्धको खेलका लागि भारतका प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच उक्त मैत्रीपूर्ण खेल हुने भएको हो । घरेलु मैदानमै भारतसँग खेल्न लागेको नेपालले आफ्नो टिम तय गरेर सबै तयारी पनि शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV