२९ श्रावण २०७८, शुक्रबार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज । पर्सा प्रहरीले ४ वटा चोरीको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतिपुर निवासी २० वर्षीय आकाश यादव र सोही ठाउको २१ वर्षीय कृष्ण पटेल रहेका छन् ।

अभियुक्तहरुले चोरीको मोटरसाइकल विक्री गर्ने मनसायले आफ्नै घर अगाडिको खाली जग्गामा लुकाइछिपाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बा४२प ५२६३ नम्बरको कालो एनएस २०० सीसीको पल्सर, ना१६प ३३६७ नम्बरको १५० सीसीको हरियो पल्सर, ना१४प ८४ नम्बरको प्यासन प्रो रे ग१प ७६९४ नम्बरको आरएक्स यामहाको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV