२९ श्रावण २०७८, शुक्रबार

काठमाडौं । निर्माता तथा निर्देशक सुदर्शन थापाले कोरोनाका कारण ठप्प भएको चलचित्र क्षेत्रलाई सरकार र सरोकारवाला निकायले ध्यान नदिएको गुनासो पोखेका छन् ।

सुदर्शन को चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको पर्खाइमा छ । कोरोना महामारीको कारण उनको चलचित्र डेढ बर्षदेखि रिलिजको पर्खाइमा बसिरहेको हो । वि.सं २०७६ साल फागुणको ३० गतेलाई प्रदर्शन मिति तोकेर प्रचारको सम्पूर्ण काम सकिएको चलचित्र अहिलेसम्म रिलिज हुन नसकेपछि २ करोड रुपैयाँ भन्दा रकम फ्रिज भएपछि उनले नयाँ चलचित्र सुरु गर्न नसकेको बताएका छन् ।

सुदर्शन ले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, कोरोनाको कारण झण्डै डेढबर्षदेखि हाम्रो दैनिक जीवन, व्यवसायिक कारोबार र अन्य क्षेत्र सबै प्रभावित छन् । यही २८ गतेदेखि अझै कतिपय क्षेत्रमा निषेध गरिदैछ । यो समयमा चलचित्र क्षेत्र सबैभन्दा प्रभावित क्षेत्र हो, यसतर्फ सरकार र सरोकारवाला निकायले खासै ध्यान दिएका छैनन् ।

सुदर्शन जस्तै दर्जनौं निर्माताहरुको चलचित्र रोकिएको छ । जसले उनीहरु मर्कामा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV