२९ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले आफन्तलाई बिदाइ गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न रोक लगाएको छ । कोरोना भाइरसको महामारी बढ्नेक्रममा रहेकाले यात्रुबाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले भिडभाड कम गर्ने उदेश्यले बिदाइ गर्न विमानस्थलमा प्रवेश गर्न निरुत्साहित गरेको जनाएको छ ।

त्यस्तैगरी विमानस्थल प्रवेश गर्नेले अनिवार्य रुपमा मास्क लगाउने, शरीरको तापक्रम नापेर मात्रै टर्मिनल भवनमा प्रवेश, सेनीटाइजर अनिवार्य प्रयोग गर्न र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

यस्तो छ अनुरोध पत्र

प्रतिक्रिया दिनुहोस्

LIVE TV