२९ श्रावण २०७८, शुक्रबार

कुम्मायक । पाँचथर जिल्लामा केही दिन अगाडि चलेको हावाहुरिले मकै बालीमा क्षति पुर्याएपछि कृषकहरु चिन्तित भएका छन्।

जङली जनावरबाट जोगाएर बल्ल बल्ल हुर्काएको मकै बाली एकै छिनको हावा हुरिले नस्ट बनाए पछि कृषक हरु चिन्तित भएका हुन्।

मकैको बोटमा भर्खर सुता लाग्दै गरेको बेला हावा हुरिले भूइँमा बोट लडाएपछि कृषकहरु लाई ठूलो नोक्सानी व्यहोर्नु परेको छ।

फल लाग्दै गरेको बेला बोट नै हावा हुरिले लडाएर भाँचेपछि लाग्दै गरेको फल सबै कुहिने कृषि प्राविधिकहरुको भनाइ छ।

एकदिन आएको हावा हुरिले आफ्नो मकै बालिमा ठूलो क्षति पुगेको कृषकहरुले दुखेसो पोखेका छन् ।

कृषक हरुको मकै बालिमा हावा हुरिले क्षति पुर्याएपछि स्थानीय तहका तहका जनप्रतिनिधिहरुले पनि चासो दिएका छन्। स्थानीय स्तरमा मकै बालिमा भएको क्षतिको अनुगमन शुरु गरिएको कुम्मायक गाउँपालिका वडा न.३ का अध्यक्ष रामप्रसाद गजुरेलले बताउनु भएको छ।

पाँचथर जिल्लाको कुम्मायक, स्याबरुम्बा, हिलिहाङ भारपा फाक्तेप माङ्जाबुङ क्षेत्रमा मकै बालिमा बढी क्षति भएको छ।

क्षतिको विवरण सङ्कलन कार्य भइरहेको कृषी ज्ञान केन्द्र पाँचथरका बाली संरक्षण अधिकृत केशर मगररातीले बताउनु भयो।

उहाँका अनुसार पाँचथर जिल्लामा १८ हजार ६ सय ८३ हेक्टर जमिनमा मकै खेती हुने गरेको छ । गत बर्ष ४२ हजार ९ सय ७० मेट्रिक टन मकै उत्पादन भएको थियो।

पाँचथर जिल्लामा कृषि ज्ञान केन्द्र कार्यलयले मकै खेतिलाई प्रबर्द्धन गर्न जिल्लाको हिलिहाङ, फालेलुङको एक्तिन , फाल्गुनन्दको मेहेलबोटे र कुम्मायक ३ मा मकै उत्पादन तथा प्रबर्द्धन कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV