२९ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नवगायिका मनिषा बजगाईको पहिलो गीत ‘चञ्चल यो मन’ सार्वजनिक भएको छ । मनको आनन्दको शब्द र चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको संगीत तथा एरेन्जमेन्ट रहेको गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युबमार्फत विहीबार सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा गायिका बजगाई र सन्तोष पन्तको अभिनय रहेको छ । धन योञ्जन लामाको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

८ वर्षको बाल्यकालदेखि गाउन सुरु गरेकी काभ्रेकी गायिका मनिषाको धेरै सांगीतिक कार्यक्रमहरुमा भजन एवं गीतहरु गाइसकेकी छिन ।

पिके क्याम्पस पढ्दादेखि नै धन बहादुर गोपालीसंग लामो समयसम्म संगीत क्लास लिएकी उनले अब छिटै नै अन्य गीत एवं भजनहरु रेकर्ड गर्ने तयारीमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV