२९ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेका उपसभापति विमलेन्द्र निधीले काँग्रेस संवैधानिक संकटमा परेकोले कसरी हल गर्नेबारे छलफल भइरहेको बताएका छन् ।

शुक्रबार केन्द्रीय कमिटीको बैठका लागि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पुगेका नेता निधीले संकटको हलका लागि सर्वसम्मत निर्णय गर्ने बताए ।

अब नेपाली काँग्रेस संवैधानिक संकटमा फस्ने भयो पार्टीको वैधानिकता के हुने ? भन्ने प्रश्नमा उनले प्रेस स्वतन्त्रता संविधानमा भएजसरी नै काँग्रेस पनि खारेजी नहुने दावी गरे ।

उनले भने, ‘संविधानमा जसरी प्रेस स्वतन्त्रा छ । पत्रिकाको अवधि सकिँदैमा प्रेस स्वतन्त्रा खारेजी हुँदैन । त्यो रहिरहन्छ कहिल्यै खारेजी हुँदैन । त्यस्तै वहुदलीय प्रणालीमा संवैधानिक अवधि सकिँदैमा दल कहिल्यै खारेजी हुँदैन।’

काँग्रेसले पनि कानूनी वैधता पूरा गरेर पुन: अस्तित्वमा आउने दावी  गरे । जसका लागि नै अहिलेका बैठकहरु बसेको उनले बताए । यही बैठकबाट काँग्रेसले अधिवेशनको निर्धारण र बाँकी कार्यदिशाका बोरेमा निर्णय गर्ने उनले दावी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV