२९ श्रावण २०७८, शुक्रबार

पर्सा । वीरगञ्ज  महानगरपालिकाको राजस्व शाखा र वडा नम्बर १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

बहिबार वडा नम्बर १४ को कार्यलयले सम्पति तथा जग्गा करमा अनियमितता गरेको सूचनाको आधारमा छापा मारेको अख्तियारको हेटौंडास्थित कार्यालयले जनाएको छ । साथै उक्त कार्यमा महानगरपालिकाको संलग्नता भएको आशंकामा महानगरको राजस्व शाखामा समेत छानबिन गरेको अनुसन्धान अधिकृतले बताए ।

५० हजार भन्दा बढी मुल्यांकन गरिएका घर जग्गाको विवरण माग्दा कोरोना संक्रमण न्यून भएपछि विवरण पठाउने बताएपछि कोरोना नियन्त्रणमा आउदा समेत कागजात नपठाएकोले टोली नै आइपुगेको अख्तियारले जनाएको छ ।

राजश्वसम्बन्धी विषयको अनुसन्धानका लागि आवश्यक कागजात माग गर्दा कोरोनाको कारण देखाउदै महानरगले कागजात नपाठाएको हुदा अनुसन्धान ढिलो भएको हुनाले टोली नै पठाएको तथा अन्य जिल्लाहरुमा समेत अख्तियारका टोली पठाएर कागजपत्र झिकाइरहेको जानकारी दिए ।

अख्तियार टोलीले वीरगञ्ज महानगरपालिकाका निमित्त प्रशासकिय अधिकृत अरुण महतोसंग आवश्यक सोधपुछ गरेको एक स्रोतले बताएको छ । हाल टोलीले राजस्व महाशाखाको कम्प्यूटर नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

टोलीका एक सदस्यले छानबिनमा दोषी भेटिए कानूनी कारवाही गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV