२९ श्रावण २०७८, शुक्रबार

एजेन्सी । बेल्जियन फरवार्ड रोमेलु लुकाकु कीर्तिमानी मुल्यमा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका भएका छन् । इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु आफ्नै पूर्व क्लबमा ९८ मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्धित भएका हुन् ।

लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए । सन् २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए । सन् २०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए ।

सन् २०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताएका थिए । उनले लिगमा २४ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV