२८ श्रावण २०७८, बिहीबार

काठमाडौं । क्रियाशील सदस्यता विवाद तत्काल मिलाएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले बिरोध प्रदर्शन गरेका छन् ।

केन्द्रीय समिति बैठक बसेको स्थल बूढानीलकण्ठमा पुगेर उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले सभापति शेर बहादुर देउवालाई नेपाली पार्टीको विधान र संविधानको प्रति बुझाएका छन् ।

प्रदर्शनमा सहभागीले ‘समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन लगाएतका नारा लगाएका थिए ।

त्यस्तै उनीहरुले महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV