२८ श्रावण २०७८, बिहीबार
  • प्रकाश न्यौपाने,

भैरहवा । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको शपथसँगै नवनियुक्त ६ जना मन्त्रीहरुलाई पनि प्रदेश प्रमुख अमिक शेरचनले विहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकासमन्त्रीको शपथ लिएमा छन्, भने कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन् । त्यस्तै, सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन्, भने अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले भने विनाविभागीय मन्त्रालय पाएका छन् ।

कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बनेका हुन् । त्यस्तै, जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बनेका छन् । स्वतन्त्र सांसद अजय शाहीले पनि मन्त्रीको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV