२८ श्रावण २०७८, बिहीबार

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध सालको काठका गोलिया र अबैध रुपमा भित्राई रहेको कपडा बरामद गरेको छ ।

बिहीबार डुढुवा गा.पा.६ मोहनपुर्वा स्थित छब्बन खानको जमिनमा रहेको झाडी भित्र लुकाई राखेको ३ थान सालको गोलिया (काठ) अन्दाजी मुल्य १ लाख ९६ हजार ५ सय ६० रुपैया बराबरको सालको गोलिया (काठ) ई.प्र.का.हिरिमिनिया खटिएको प्रहरी टोलीले फेला पारेको हो ।

बरामद गरिएको उक्त काठ आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय नेपालगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका १० स्थित बेवारिसे अवस्थामा रहेको कपडा (कुर्ता सुरुवाल लगायत अन्य कपडा) अन्दाजि मूल्य ५५ हजार २ सय रुपैया बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।

बरामद गरेको कपडा प्रहरी टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV