२८ श्रावण २०७८, बिहीबार

काठमाडौं । विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय गुणस्तरको अगरबत्ती उत्पादन गर्दै आएको सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो ग्रहकहरूका लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याएदै आएको छ ।

त्यस्तै, यस पटक पनि कंचनजंगाले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको छ । यस नयाँ अफर अन्तर्गत कंचनजंगाको हरेक बट्टाको खरिदमा ग्राहकहरूले १० रूपैयाँसम्मको सुगन्धित उपहार पाउने भएका छन् ।

एउटै बट्टामा सात फ्लेभरका अगरबत्ती रहनु कंचनजंगा अगरबत्तीको विशेषता नै बनेको छ । अहिले कंचनजंगा बाहेक ड्रिम्स, वण्डरफुल, फेवा, जुही, रोज, सेण्डल, सिजन्स, रोयल रोज, यती, ओके, ब्लिस् लगायत ५० भन्दा बढी ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन् ।

कंचनजंगाका विभिन्न ब्राण्डका अगरबत्तीहरू अहिले नेपालमा मात्र सीमित छैनन् । नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाममा पनि यस उद्योगका अगरबत्ती निर्यात हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV