२८ श्रावण २०७८, बिहीबार

कञ्चनपुर ।  नेपाल-भारत सीमा क्षेत्र चाँदनी दोधारामा सशस्त्र प्रहरीको बोर्डर पोष्ट आउट (बिओपी) उद्घाटन भएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच कञ्चनपुर जिल्लाको २० औं बीओपीका रुपमा उद्घाटन गरिएको हो । उक्त बीओपी चाँदनी दोधारा नगरपालिका ७ कञ्जभोज सुन्दरनगरमा स्थापना पगरिएको थियो ।

नेपाल भारत सीमामा अपराध, मानव तस्करी, वन्यजन्तु तस्करी, लागुऔषध कारोबार रोकथाम लगायत अपराधिक क्रियाकलाप रोक्नका लागि बीओपी खडा खरिएको र सशस्त्र प्रहरीले त्यसको निगरानी गर्ने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उल्लेख गर्नुभयो ।

त्यस्तै चाँदनी नगरपालिका प्रमुख वीरबहादुर सुनारले सीमा सुरक्षा र त्यहाँ हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि उक्त स्थानमा बीओपी स्थापना गरिएको बताउनुभयो ।

उक्त सशस्त्र प्रहरीको बीओपीले सीमा सुरक्षा क्षेत्रमा २४ घण्टा सुरक्षाका लागि खटिने उहाँहरुको प्रमुख जिल्ला अधिकारी पाण्डे र नगर प्रमुख सुनारको भनाइ छ ।

चाँदनी दोधारामा निर्मित उक्त बीओपीमा २५ जना जवान तैनाथ गरिने छ । जसको नेतृत्व सशस्त्र प्रहरी नायव निरीक्षकले गर्ने बताइएको छ । कञ्चनपुरको १२९ दशमलव ५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । जसमा हालसम्म २० वटा बीओपीको स्थापना गरि सुरक्षा अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV