२८ श्रावण २०७८, बिहीबार

काठमाडौं । इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेर युरोपकै अहिलेसम्मको उच्च तापक्रमको रेकर्ड तोडेको छ ।

सिसिलीको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । विश्व मौसम संगठन डब्लुएमओका अनुसार अहिलेसम्म युरोपमा मापन भएको उच्च तापक्रम ४८ डिग्री सेल्सियस हो । लुसेफर नाम गरेको एन्टिसाइक्लोनका कारण इटलीमा अहिले अत्यधिक गर्मी बढेको हो ।

अफ्रिकाबाट आएको लुसेफर नामक तातो हावाका कारण इटली गर्मी बढेको जनाइएको छ । उच्च वायुमण्डलीय दबाबका कारण भूमरी बनेर अघि बढेको हो । यो भूमरी राजधानी रोमतर्फ अघि बढेको र अन्य शहरहरु पनि गर्मीको चपेटामा पर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV