२८ श्रावण २०७८, बिहीबार

एजेन्सी । जापानका युवा खेलाडी ताकेफुसा कुबो स्पेनिस क्लब मल्लोर्काले लोनमा अनुबन्ध भएका छन् ।

कुबोलाई मल्लोर्काले रियल मड्रिडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । जापानिज मेस्सीको नाममा परिचित कुबो स्पेनिस क्लब बार्सिलोनाको एकेडेमीमा हुर्किएका हुन् ।

ला लिगा क्लब मालोर्काले सामाजिक संजाल ट्वीटरबाट कुबोलाई लोनमा अनुबन्ध गरेको जनाएको छ । कुबोले यस अघि २०१९–२० को सिजन पनि मल्लोर्काबाट लोनमा खेलेका थिए । त्यस सिजन उनले ३५ खेलमा ४ गोल गरेका थिए ।

कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट २०१९ मा मड्रिड आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV