२८ श्रावण २०७८, बिहीबार

काठमाडौंं । बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदको संयुक्त पहल सात उत्कउष्ट आईडियालाई सिडमनी प्रदान गरिने भएको छ । नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँका अनुसार हरेक प्रदेशको एक उत्कृष्ट आईडियालाई ५० हजार रुपैयाँ नगद प्रदान गरिने भएको हो ।

लिमिटेडले यस्ता कार्यहरु विगतका वर्षहरुमा पनि गर्दै आइरहेको र युवा सशक्तिकरण, वातावरण संरक्षणमा आगामी दिनहरु थप रचनात्मक कार्यहरु गर्ने विश्वास रहेको बानियाँले बताए । ‘वातावरण संरक्षण र युवा सहभागीता’ भन्ने मुख्य थिममा रहेर यो कार्य गर्न लागिएको उनको भनाइ छ ।

नेपाल युवा परिषदले कोकाकोला नेपालको आर्थिक सहकार्यमा ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराउने गरी भर्चुअल रुपमा कार्यक्रम आयोजना गर्ने भएको हो ।

अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा आयोजना गर्न लागिएको राष्ट्रिय युवा सम्मेलन २०२१ यही अगष्ट १२ र १३ अर्थात श्रावण २८ र २९ गते राजधानीमा चल्नेछ । कोभि( १९ को दोस्रो तथा तेस्रो सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो ।

२ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ, जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ । अन्य ६६ जना बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराएर समावेश गरिने आयोजकले जनाएको छ । जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ ।

युवा सशक्तिकरण र वातावरण संरक्षणमा सक्रिय कोकाकोला नेपालले आगामी दिनहरु थप रचनात्मक कार्यहरु गर्ने विश्वास बानियाँले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV