२७ श्रावण २०७८, बुधबार

पर्सा। वीरगञ्ज महानगरपालिकमा साउन ३१ गतेबाट कक्षा ८ देखि १२ सम्मको सामुदायिक तथा संस्थागत विद्यालय भौतिक रुपमा सञ्चलन गर्ने भएको छ ।

महानगरपालिकामा आज सरोकारवाला निकायहरुसंग बसेको बैठकमा सबैको सहमति पश्चात भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न लागिएको हो ।

लामो समयदेखि बन्द रहेको महानगर क्षेत्र भित्रका विद्यालयहरु आउदो आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय भएको वीरगञ्ज महानरगपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताएका छन् ।

यसअघिअसार १५ गतेबाट कक्षा सञ्चालन गर्न लागेकोमा डिसिसिएमसिको बैठकले गृहमन्त्रालयको आदेशनआउञ्जेल कक्षा सञ्चालन गर्न नपाउने भन्दै रोक लगाएको थियो । तर नगर प्रमुख सरावगीले यसपटक आफूले गृहमन्त्री तथा सचिवसंग भेटेरै कुरा गरेकोले विद्यालय सुचारु गर्ने तयारीमा महानगर जुटेको बताए ।

कोरोना संक्रमणका कारण करिब डेढवर्षदेखि विद्यार्थीहरुको पठनपाठन निकै प्रभावित भएको थियो । वैकल्पिक रुपमा अनलाइन कक्षा सञ्चालनमा आएपनि प्रविधिको पहुचबाट टाढा रहेका विद्यार्थीहरुले पढ्न नपाएको भन्दै अभिभावकहरु आफ्नो बालबालिकाको भविष्य अन्यौलमा परेको भन्दै चिन्तित भएका थिए ।

हाल पर्सामा कोरोना संक्रमण नियन्त्रणमा आएपछि स्वास्थ सुरक्षा मापदण्डको पालना गर्दै भौतिक रुपमै कक्षा सञ्चालन गराउन यहाँका अभिभावक तथा राजनितीक दलहरुले माग राखेका थिए। सोहि कुरालाई मध्य नजर गर्दै महानगरले विधालय सञ्चालन ल्याउने निर्णय गरेपछि अभिभावकलाई राहत भएको छ ।

बैठकमा नेपाल सरसकारले तोकेको स्वास्थ मापदण्डको पालना गर्न विद्यालयहरुलाई निर्देशन दिने निर्णय भएको छ । स्वास्थ मापदण्डको पालना भएको नभएको बारेमा महानगरले अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV