२७ श्रावण २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाले)की सांसद कोमल वलीले देशका ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न सरकारसंग माग गर्नुभएको छ ।

बुधबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण लगायतको भ्रष्टाचार छानविन गर्नुपर्ने बताउनुभयो ।

सांसद वलीले देशमा भ्रष्टाचारका कुरा धेरै भएको बताउनुभयो । उहाँले भाषण, भोट माग्ने माध्यम मात्र बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,’अरुको पार्टी फुटाएको के को लागि हो? अर्कोतिर औंला नठड्याऔं। सबैले सबैलाई देखेकै छ ।’

सांसद वलीले कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौं भ्रष्टाचार भएको भनाई पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV