२७ श्रावण २०७८, बुधबार

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पोखरेलले बुझाएका राजीनामा स्वीकृत गरिएको जनाएको छ ।

त्यस्तै, प्रदेश प्रमुखको कार्यालयले उक्त पत्र प्रदेशसभामा पनि पठाइएको जनाएको छ । बुधबार (आज) मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो ।

तर सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । वि.सं. २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV