२७ श्रावण २०७८, बुधबार

काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी पाएसँगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

बुधबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएका थिए । प्रदेशका मुख्यमन्त्री पोखरेलले १ बजेर १५ मिनेटमा राजीनामा दिएको पत्र प्राप्त भएको उनले बताऐ ।

उहाले राजीनामा दिएको पत्र आएसँगै बिशेष अधिवेशन अन्तय भएको घोषणा गरे । यसअघि राजीनामाको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशनको पहिलो बैठक सुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV