२७ श्रावण २०७८, बुधबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यालयमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई भव्य स्वागत गरिएको छ ।

उर्जामन्त्रालयबाट नियुक्ति पत्र लिए लगत्तै प्राधिकरण कार्यालयमा पुगेर पदभार गरेका घिसिङलाई भब्य स्वागत गरिएको हो । उनलाई कार्यलयका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

पहिलो पल्ट प्राधिकरणको कार्यकारी निर्देशक भएर काम गर्दा कुलमानले उल्लेखनीय काम गरेको मानिदै आएको छ । उनी नेपालमा लोडसेटिङ हटाउन सफल व्यक्ति हुन् ।

उनको गत वर्ष ४ वर्षे कार्यकाल सकिएको थियो । कार्यकाल सकिएसँगै उनलाई आम नागरिक तथा सरोकारवालाहरुले पुन नियुक्तिको माग राखेका थिए । तर तत्कालीन ओली सरकारले उनलाई पुन: नियुक्ति दिएको थिएन । हाल नयाँ सरकार आएसँगै उनलाई पुन: नियुक्ति दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV