२७ श्रावण २०७८, बुधबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले ‘दोस्रो इनिङ’ स्वीकार गरेर आफूले ठूलो चुनौती स्वीकार गरेको बताउनुभएको छ ।

आज (बुधबार) प्राधिकरणमा पदभार ग्रहण गर्दै नवनियुक्त कार्यकारी निर्देशक घिसिङले ‘दोस्रो इनिङ’ स्वीकार गरेर आफूले ठूलो चुनौती स्वीकार गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’

त्यस्तै, उहाँले विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णय तथा जनअपेक्षाका कारण उक्त चुनौती स्वीकार गरेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV