२७ श्रावण २०७८, बुधबार

काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति पाएका छन् । ४ वर्षे कार्यकाल पूरा गरेर घिसिङ गत वर्षको भदौ ३१ गते प्राधिकरणबाट विदाइ भएका थिए ।

तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकाले पुन: नियुक्ति दिन अस्वीकृत गरेको थियो । तर सरकार परिवर्तनसँग कुलमान घिसिङ करिब ११ महिनापछि पुन: विद्युत प्राधिकरणमा फर्किएका छन् ।

उनले बुधबार उर्जा मन्त्रालयबाटै प्राधिकरणको कार्यकारी निदेशकमा नियुक्त भएको पत्र लिएका छन् । निवर्तमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सरुवा गरेर घिसिङलाई नियुक्ति दिइएको हो ।

उनलाई प्राधिकरणमा नियुक्ति गर्नेबारे सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV