२७ श्रावण २०७८, बुधबार

रुपन्देही । शैक्षिक संस्थाहरु राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखाना नै बनेका छन् । नेपालका कलेजहरुले यो मान्यता पाएको बर्षौ वितिसक्यो । त्यसमाथि अब सामुदायिक विद्यालयहरु पनि यही बाटोमा लागिसके ।

देशभरका सरकारी क्याम्पस तथा कलेजहरु बर्षौदेखि राजनीतिक दलहरुको विद्यार्थी संगठन विस्तार गर्ने अंग नै ठानिन्छन् । त्यसैले पनि क्याम्पसहरुमा बारम्बार बिभिन्न विवादास्पद घटनाहरु घटिरहन्छन् ।

यस्तै भएको छ रुपन्देहीको वुटवलीस्थत लुम्बिनी बाणिज्य क्याम्पसमा पनि । क्याम्पसमा पुराना पाठ्यक्रम चलाउन र नयाँ पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका केही विद्यार्थी संगठनहरुले क्याम्पसमा तोडफोड गरेका छन् । क्याम्पसको सम्पत्ति तिनै विद्यार्थीहरुको पनि हो तर अराजक ढंगबाट पेश भएर गरिएको यो उपद्रोको भने सर्वत्र आलोचना हुन थालेको छ ।

विद्यार्थीले गरेको तोडफोडको सर्वत्र आलोचना

नेविसंघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् । मंगलबार विहान मोटरसाइकलमा आएका नेविसंघ र अखिलका नेता\कार्यकर्ताले क्याम्पस तोडफोड गरेका हुन् ।

क्याम्पसले संचालन गर्ने कार्यक्रमका बारे अनावश्यक विवाद झिकेर शैक्षिक संस्थामा तोडफोड गरेको भन्दै विद्यार्थी संगठनको चर्को आलोचना भइरहेको छ । संगठनका नाममा विद्यार्थीहरुले अराजकता निम्त्याएको भन्दै उनीहरुको आलोचना भइरहेको हो ।

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पस भवनको झ्लायका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले बताएको छ ।

भित्र बाहिर सबैतिर तोडफोड

विद्यार्थीहरुले लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड गरेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले जानकारी दिए । विद्यार्थीहरुले कम्प्युटर, कुर्सी र महत्वपूर्ण कागजातहरू समेत भुइँमा फालिदिएका छन् । गत साउन ८ मा अनेरास्ववियुबाहेक अन्य चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिइरहेका छन् । विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसका पठनपाठन चलाउन र एमबीए, बीबीए, एमबीएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गरेका छन् ।

क्याम्पसमा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैटौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

क्याम्पसले संचालन गर्ने कार्यक्रमका बारे अनावश्यक विवाद झिकेर शैक्षिक संस्थामा तोडफोड गरेको भन्दै विद्यार्थी संगठनको चर्को आलोचना भइरहेको छ । संगठनका नाममा विद्यार्थीहरुले अराजकता निम्त्याएको भन्दै उनीहरुको आलोचना भइरहेको हो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

LIVE TV