२७ श्रावण २०७८, बुधबार

काठमाडौं । सत्ताबाट विमुख भएको झण्डै एक महिना पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आफ्ना कुण्ठा सबै पोखे । सर्वोच्च अदालतलाई समेत चुनौती दिन बाँकी नराखेका ओलीले आफु असाधारण जनमत लिएर मुलबाटोबाट फेरि सत्तामा आउछु भनेर चेतावनी नै दिए ।

एक एक विषयमा एक एक प्रश्न राख्दै प्रधानमन्त्री शेरबहादुर देउवादेखि लिएर माधवकुमार नेपाल र पुष्पकलम दाहाल प्रचण्डसंग हिसाब र उत्तरका लागि पर्खिरहने चुनौती पनि दिए । र, देउवालाई विश्वासको मत दिने १ सय ६५ जना सांसदलाई जत्था समेत भने ।

बोल्ने पालो अहिले र अब ओलीकै हो । हिजो अरुले बोलेको र पोलेको बढी सुन्नु पर्ने ओलीले अब भने निश्चिन्त भएर चाहेजति बोल्न पाउछन् । बोल्दाबोल्दै उनले अमेरिकी सहयोग परियोजना अर्थात मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबारे अब के गर्ने हो देउवा ज्यू भनेर प्रश्न पनि उठाए ।

हिजो सत्तामा हुँदा यही विषयमा सबैभन्दा बढी रक्षात्मक भएका ओली अहिले सत्ता गुमाउने वित्तिकै उही एमसीसीलाई उचाल्न पुगेका छन् । सम्भवत अहिले सडकमा सबैभन्दा बढी नारा लागेको र विरोधमा स्वर गुञ्जिन थालेको त्यही एमसीसी हो । ओलीले त्यही सडकको भाषालाई सदनमा पनि उभ्याए । भलै सडकमा उनका कार्यकर्ताहरु एमसीसीको बारेमा केही नारा लिएर देखिएका भने छैनन् । कति सजिलो छ नेपालको राजनीति ।

सरकारको न्यूनतम साझा कार्यक्रममा आफुले एमसीसी नदेखेको भन्दै ओलीले देउवा सरकारमाथि एमसीसीलाई लिएर थप दबाब पनि बढाएका हुन या राजनीति गर्न खोजेका हुन,भीम रावलहरुले जवाफ दिने छन नै पक्कै ।

ओलीले अझ अघि बढेर न्यूनतम साझा कार्यक्रममा नेपाली काँग्रेसको अनुहार नदेखेको आरोप पनि लगाए । ओलीले देउवातिर लक्षित गरेर उछिट्टिएर आप्mनो भागमा प्रधानमन्त्रीको पद आएको होइन भनेर जिस्काए पनि । हुन पनि साह«ो र गाह«ो दुबै छ काँग्रेसलाई । सत्ताको नेतृत्वमा भएको यो दल अहिले दल भित्रै पनि गाह्रो अवस्थामा छ ।

पार्टीको १४ औं महाधिवेशको मिति आगामी भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको छ । तर महाधिवेशन अनिश्चित छ । यही विषयलाई लिएर काँग्रेस भित्र फेरि कचडा सुरु भएको छ । कलह नै सुरु भएको छ । रामचन्द्र पौडेल पक्षधर भदौमा महाधिवेशन नभए काँग्रेस अवैधानिक हुने दावी गर्दै महाधिवेशनका लागि जसरी भएपनि दबाब बढाउदै आएका छन् । तर प्रधानमन्त्री एवं सभापति देउवा भने विशेष कारण देखाउँदै मंसिरसम्म महाधिवेशन सार्ने पक्षमा छन् ।

यता भदौ २३ गतेसम्म नेपाली काँग्रेसले महाधिवेशन गरेर यस्ले वैधानिकता गुमाउने संविधानविद्हरुको तर्क छ । यसो भएको खण्डमा निर्वाचन आयोगले जरिवानावापत काँग्रेसलाई ५० हजार तिराउने र जरिवाना तिरेको ६ महिना भित्र महाविधेशन गराउनै पर्छ । यो अवस्थामा पनि महाधिवेशन नभए काँग्रेसले एउटा निर्वाचन गुमाउनु पर्ने हुन्छ । के भोग्ला त काँग्रेसले यो नियति ।

मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी भनेर दावी गर्ने काँग्रेसभित्र वास्तवमा अलोकतान्त्रिक संस्कार र चरित्र हावी हुँदै गएको छ । महाधिवेशन मुखमा आइसके पनि अझै पनि काँगे्रसले क्रियाशील सदस्यता विवाद टुंग्याएको छैन । राष्ट्रियसभामा मंगलबार एमाले सांसद खिमलाल भट्टराईले आरोप लगाए जस्तो काँग्रेसको अवस्था वास्तवमा दयनीय छ ।

पौडेल पक्षधरहरु बैठक बसेको बस्यै छन् । गुट उपगुटको भेला भएको भएकै छ । तर महाधिवेशनले नै हो पार्टीलाई जीवन्त बनाइराख्ने । यसप्रति संस्थापन पक्ष गम्भीर नबन्दा धेरै नेताहरुको बोलीको टुंगो समेत छैन ।

काँग्रेसमा पहिलेदेखि नै हुर्केको सभापतिको निर्देशन र चाहनामा पार्टी चल्ने प्रवृतिको कहिल्यै अन्त्य हुन सकेन । वास्तवमा प्रजातान्त्रिक चलन र संस्कार गुमाइसकेको काँग्रेस भित्र युवा पुस्ता सल्बलाउन नसक्दा र बलियो आवाज राख्न नसक्दा उही ढर्रा र पारा जारी छ । सभापति देउवाले जे भन्यो त्यही हुने अवस्थामा पौडेल पक्षधरहरु जति उफ्रे पनि हुनेवाला केही छैन झै भएको छ ।

दोस्रो पुस्ता मानिएकाहरु पनि पाटीलाई सांगठनिकरुपमा जीवन्त बनाउने भन्दा पनि आफ्नै दुनो सोझ्याउन लागिपर्दा पार्टीको प्रवृति कहिले पनि संस्कारी बन्न सकेन । त्यसमाथि युवा पुस्ताहरु मात्र प्रचार मोह र सामाजिक सञ्जालवादमा नै बढी रमाउने र पार्टीमाथि मुलुकको ज्वलन्त र जीवन्त मुद्दामा दबाब बढाउन नसक्दा पार्टी नेतृत्वसहित उनीहरु पनि आलोचित बन्नु पर्ने अवस्था छ ।

यता संस्थापन पक्षसंग कोरोनाको तीब्ररुपमा बढ्दो वृद्धिदर र बर्खाको महिना प¥यो भन्ने बलियो हतियार बाँकी नै छ । कोरोनाको कारण देशका धेरै जिल्ला लकडाउनमा छन् । काठमाडौं उपत्यका पनि अब बिहीबारदेखि राति आठबजे पछि अत्यावश्यक बाहेकका सवारी साधन गुडाउन नपाइने भयो । यस्तो अवस्थामा महाधिवेशनमा रातभर भेला र भोज गर्नु पर्ने काँग्रेसीहरुलाई कहाँ सजिलो होला र रु सभापति ज्यू सरकारको पनि नेतृत्वमा छन् ।

उनले अहिले नचाहेको यो महाधिवेशन मंसिरमा पु¥याउन साह«ो नपर्ला । निर्वाचन आयोगलाई बाध्यात्मक अवस्था भन्दै जानकारी दिन ठाउँ पनि कोरोना झनै बलियो बन्दैछ ।

महाधिवेशनको संकट टार्न अन्य जादू पनि होलान सभापति ज्यूसंग । तर काँग्रेसको महाधिवेशनकै संकट टार्न कोरोनालाई देखाएर थप अप्रिय निर्णय भने नहोस् । जस्ले जनतामा थप सकस थपोस् । जनता आफै सजग बन्नुपर्छ । कोरोनाबाट आफुलाई पनि र अरुलाई पनि बचाउन सक्नुपर्छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV