२६ श्रावण २०७८, मंगलवार
  • राम गोपाल तमखु,

भक्तपुर । भक्तपुरको प्रसिद्ध जीवित देवता नवदूर्गा नाचको नकींको विवाद टुंगिएको छ । मंगलबार (आज) वडा नं.७ को कार्यालयमा वडाध्यक्ष उकेश कवांको रोहवरमा जात्रासँग सम्बधित सरोकारवालाहरुको भेला बसी नकीं विवाद समाधान गरिएको हो ।

वडा नं.९ का वडाध्यक्ष रविन्द्र ज्याख्वोका अनुसार नवदूर्गा भवानीको जात्रा, परम्परा, संस्कार, नीति नियम बमोजिम सदियौंदेखि चली आएको सबैको सरोकारको साँस्कृतिक विषय भएको कारण कसैको ब्यक्तिगत हित तथा स्वार्थका कारण जात्रामा कुनै अवरोध गर्न नहुने सहमति गरिएको छ ।

साथै, यो वर्ष (इना प) नकींको विवाद भएपनि आगामी दिनमा श्री नवदुर्गा भवानीको जात्राका सम्बन्धमा कुनै पनि अड्डा अदालतमा मुद्धा मामिला गर्ने÷गराउने कार्य सँधैका लागि बन्द गर्ने सहमति गरिएको बताइएको छ ।

त्यस्तै, यस अगाडि जिल्ला प्रसाशन कार्यलयमा गरिएका सबै सहमति कागजातहरु आजको मितिदेखि रद्ध (खारेज)गर्ने सहमति भएको जानकारी गराइएको छ ।

नवदुर्गा जात्रा ब्यवस्थापन समितिका अध्यक्ष ब्रिजेश बनमालाले भोलि नै क्षमा पूजा गरी गथामग चर्हेमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने र जात्राको सम्पूर्ण कार्यहरु अब सूचारु हुने बताए । गथामग चर्हेको दिनमा महादेव सिद्ध गर्नुपर्ने परम्परा अनुसार भोलि गरिसक्ने एक–दुई दिनमा खँःम्य नवदुर्गा द्योःछेँमा भित्र्याउने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV