२६ श्रावण २०७८, मंगलवार

काठमाडौं । मुलुकको सार्वजनिक ऋणको आकार अत्यन्तै ठूलो भएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा श्वेतपत्रजारी गर्दै ३ वर्षमा करिब २५० अर्बले सार्वजनिक ऋण बढेको तथ्याङ्क प्रस्तुत गर्नु भएको छ ।

यो अवधिमा लगभग कुल ग्राहस्थ उत्पादनको ४० दशमलव ०५ प्रतिशत हारहारीम सार्वजनिक ऋण बढेको बताउनु भएको छ । यसमा आन्तरिक तर्फ ८ खर्ब रहेको र वैदेशिक ऋण ९ खर्ब २८ अर्ब रहेको अर्थमन्त्री शर्माले बताउनु भयो ।

अघिल्लो सरकारको पालामा शोधनान्तर घाटा थप १ खर्ब ४३ अर्ब पुगेको तथ्याङकमा उल्लेख छ । केपी शर्मा ओली सरकारमा आउदै गर्दा मुलुकको आर्थिक अवस्था नाजुक रहेको जनाउँदै मुलुकको ४८ अर्ब घाटा रहेको देखाएको थियो । तर उक्त घाटा गत आर्थिक वर्ष २०७७\७८ मा आइपुग्दा २ खर्ब १६ अर्ब माथि पुगेको तथ्याङ्मा देखिएको छ । सो घाटामा हाल सञ्चित कोष पूर्ति गर्दा पनि अझै १ खर्ब ४३ अर्ब घाटामै रहेको अर्थमन्त्री शर्माले बताउनु भएको छ ।

यस्तो छ श्वेतपत्रको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्

LIVE TV