२६ श्रावण २०७८, मंगलवार

काठमाडौं । कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरुले कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा सञ्चालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘नो भ्याक्सिन, नो इक्जाम’ भन्दै नारावाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

परीक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा कोरोनाको जोखिमको खतरा भएको विद्यार्थीहरुको भनाइ छ । कोरोनाका कारण राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरेपनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV