२६ श्रावण २०७८, मंगलवार

एजेन्सी । अफगानिस्तानमा तीन दिनमा २७ बालबालिका मारिएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार तालिबान र सरकारी फौजबीच सङ्घर्ष जारी रहेकासमयमा तीन दिनमा २७ बालबालिका मारिएको हो ।

युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धि भएको प्रति आफू स्तब्ध भएको बताएको छ। दुई पक्षबीच लडाइँ भइरहदा कतिपय क्षेत्रबाट हजारौं सर्वसाधारण घर छाडेर राजधानी काबुलतर्फ गएको जनाइएको छ ।

गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ। अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ।

त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV