२६ श्रावण २०७८, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला आज पनि जारी रहेको छ । पार्टीमा विधिसम्मत ढंगबाट १४औं महाधिवेशन सम्पन्न गर्नका लागि दबाब दिन भन्दै उनीहरु सोमबारदेखि काठमाडौंमा भेला भएका छन् ।

कांग्रेसमा महाधिवेशन नगर्ने मुडमा संस्थापन पक्ष देखिएपछि संस्थापनइतर समूहले दबाब र छलफललाई तीव्रता दिएको छ । वरिष्ठ नेता पौडेल लगायत संस्थापनइतर पक्षका जिल्ला सभापतिहरू ठमेलस्थित होटल यात्रीमा सोमबारदेखि निरन्तर छलफलमा छन् ।

पार्टीमा क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसकेको र तल्लो तहको अधिवेशन प्रभावित भएपछि समग्र महाधिवेशन नै अन्यौलमा परेको उनीहरुको ठहर छ । महाधिवेशन निर्धारित मितिमा नहुने लगभग पकका भइसके पनि नयाँ कार्यतालिका सार्वजनिक गर्नमा समेत ढिलाइ भइरहेको भन्दै उनीहरुले दबाव बढाउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV