२५ श्रावण २०७८, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल सम्झनलायक बनाउने बताएका छन् । आइतबार बुद्ध पार्कको शिलान्यास गर्दै आप्mनो ५ वर्षे कार्यकालमा जनताले सम्झनलायक कार्य सम्पादन गर्ने प्रमुख शाक्यले बताएका हुन् ।

उनले योजना बनाएर आफूहरु अघि बढिरहेको जानकारी दिददै काठमाडौ महानगरले नीतिनै बनाएर एक वडा एक पार्कको नीति अवलम्बन गरेको जानकारी दिए । मेयर शाक्यले सम्पदा संरक्षण अभियान जस्तै पार्क निर्माण अभियान समेत सञ्चालन गरेको बताए ।

कुनै पनि कार्यलाई सफल बनाउन स्थानीयको भरपुर सहयोग चाहिने उल्लेख गर्दै अवको केही समयपछि काठमाडौंलाई हेर्न लायक शहरमात्रै होइन बस्न लाएक शहरको रुपमा विकास गर्ने बताएका छन् ।

शाक्यले रानीपोखरी आफ्नै कार्यकालमा निर्माण सम्पन्न भएकाले चुनावमा आफूले दिएका वाचाहरु पूरा गरिरहेको बताए । उनले कमलपोखरीको निर्माण समेत रानीपोखरी भन्दा राम्रो हुने बताए ।

रानीपोखरी, धरहरा र कमलपोखरीको सुन्दरतामा आन्तरिक तथा बाह्य पर्यटकहरु झुम्ने शाक्यको भनाइ छ । पार्क शिलान्यास कार्यक्रममा काठमाडौं माहानगरपालिकाका उपमेयर, वडा अध्यक्षलगायत सर्वसाधरणको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV