२५ श्रावण २०७८, सोमबार

एजेन्सी । जन्मिँदा एउटा स्याउको जति तौल भएकी संसारकै सबैभन्दा सानो शिशुलाई सिङ्गापुरमा १३ महिना सघन उपचार गरेर अस्पतालबाट घर पठाइएको छ।

शिशु क्वेक यु सुआनको जन्मिँदाको तौल २१२ ग्राम अर्थात् एउटा स्याउको जति र लम्बाइ २४ सेन्टिमिटर रहेका् जनाइएको छ । उनी २५ साता पनि नपुगी जन्मिएकी खबर बीबीसीमा छ। हाल उनको तौल अहिले छ किलो ३०० ग्राम पुगेको छ।

अभिलेख यूनिभर्सिटी अफ आईअवाको टाइनीएस्ट बेबीज रेजिस्ट्रीमा सन् २०१८ मा अमेरिकामा जन्मिएकी एक शिशुको तौल २४५ ग्राम छ।

यु सुआनककी आमा गर्भवती हुँदा रक्तचाप एकदमै बढेर ूप्री(इक्ल्याप्सीआू नामक समस्या उत्पन्न भएको जनाइएको छ । उनलाई शल्यक्रिया गरेर गर्भबाट बाहिर निकालिएको थियो।

सिङ्गापुरको न्याश्ननल यूनिभर्सिटी हस्पिटल (एनयूएच) का अनुसार जन्मिएको बेला ती बालिका जीवित रहने सम्भावना कम रहेको जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV