२५ श्रावण २०७८, सोमबार

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका नागरिकहरुले दास्रो डोज लगाएका छन् । कोरोनाविरुद्धको दोस्रो डोज खोप कुरिरहेका जेष्ठ नागरिकहरुले पाँच महिनापछि सोमबारदेखि दोस्रो डोज पाएका हुन् ।

गत वर्षको माघबाटै सरकारले खोप कार्यक्रम सञ्चालन गरिहेकाले कोभिशिल्डको सट्टा अस्ट्राजेनिका खोप लगाएको शिक्षण अस्पताल महाराजगन्जका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

उनले गत फागुन अन्तिममा कोभिशिल्डको पहिलो मात्रा लगाएकाले १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने भएपनि खोप नआएका कारण लगाउन नमिलेको बताए ।

अधिकारीले भारतले पैसा लिएर पनि १० लाख डोज कोभिशिल्ड खोप नदिएपछि सरकारले विकल्पका रुपमा अस्ट्राजेनिका खोप दिन सुरु गरेको बताए ।

भूटान र जापानबाट १० लाख बढी अस्ट्राजेनिका खोप सहयोग गरेपछि ढिलै भएपनि आफूले पूर्ण खोप प्राप्त गरेका कारण खुशी लागेको ज्येष्ठ नागरिक तीर्थराज खरेलले बताए ।

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउँदा आफूहरुलाई खुशी लागेको खोप लगाउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ग पुगेका नागरिहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV