२४ श्रावण २०७८, आईतवार
  • युवराज आचार्य,

झापा । झापाको गौरीगञ्जबाट प्रहरीले गुप्ताङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले दमक नगरपालिका,१ बस्ने ३४ वर्षीया मञ्‍जु धिमाल र सोही स्थान बस्ने २५ वर्षीया बिमला धिमाललाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शनिवार राति ९ बजे गौरीगञ्ज–४ सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका उक्त महिलालाई नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उनीहरूलाई खानतलासी गर्दा लागू पदार्थ ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।उनीहरूले गुप्ताङ्गमा ४४.३०० ग्राम (प्लाष्टिक बाहेक) ब्राउनसुगर लुकाएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV