२४ श्रावण २०७८, आईतवार

बर्दिया । गुलरिया नगरपालिकाले सञ्चालन गरेको नगर सेवा केन्द्रबाट आर्थिक बर्ष ०७७\७८ मा १ सय ४६ जना हिंसा पिडितले सेवा लिएका छन्।

गुलरिया नगरपालिकाले सञ्चालन गरेको सेवाकेन्द्रले आईतबार सार्वजनिक गरेको तथ्यांकमा गत बर्ष मात्र सेवा केन्द्रबाट १ सय ४६ सेवा लियको तथ्यांकमा देखिएको छ ।

सेवा लिनेमा गुलरिया नगरपालिकाका ४८ जना, मधुवन नगरपालिकाका १९ जना, बारबर्दिया नगरपालिका १६ जना, बासगढि नगरपालिका १३ जना, ठाकुरबाबा नगरपालिकाका १२ जना, राजापुर नगरपालिकाका ६ जना, बढैयाताल गाउपालिका १६ जना, गेरूवा गाउपालिका ४ जना र अन्य जिल्लाका १२ जना हिंसा पिडित महिलाले सेवा लिएको तथ्यांकमा देखिएको छ ।

सेवाकेन्द्रबाट सेवा लिनेमा कुटपिट २८, घरनिकाला ५२, अपहेलना १२, गालि बेईजेति ४ अलपत्र बेवारिसे २५ जना, फेला पारियको १२ जना र यौन दुर्व्यवहारका १३ वटा घटनाका पिडितहरूले सेवा केन्द्रको सेवा लिएका छन् ।

आाईतबार बसेको सेवाकेन्द्र निर्देशन समितिको कैठकले तत्काल जिल्ला भरका पालिकाका महिला शाखासंग तत्काल बैठक बसेर सेवा सञ्चालनका लागि पहल गरिने निर्णय समेत गरेको छ ।

बिगत ४ बर्ष देखि गुलरिया नगरपालिकाले आफ्नो लगानिमा सेवा केन्द्र सञ्चालन गर्दै आई रहेको छ। अन्यपालिकाले सेवाकेन्द्र सञ्चालनका लागि कुनै सहयोग नगरेको समेत निर्देशन समितिका संयोजक एवं गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।

बैठकमा गुलरिया नगर सेवा केन्द्रमा सबै पालिकाका हिंसा पिडितलाई सेवा दिईएको भएपनि अन्य पालिकाले सेवाकेन्द्र सञ्चालनका लागि कुनै सहयोग नगरेको गुलरिया नगरपालिकाका उप प्रमुख शुशिला गिरिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV